Logo

चाणक्य नीति: जन्मभन्दा पहिला नै हुन्छ तय हुन्छन् यी ५ वस्तु



Spread the love

काठमाण्डौँ । विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिनिने चाणक्यले बनाएका नीति विश्वभर प्रख्यात छ । एउटा सामान्य बालक चन्द्रगुप्तलाई भारतको सम्राट बनाउने आचार्य चाणक्यको नीति वास्तविक जीवनमा निकै लाभदायक रहेको मानिन्छ ।

उनको नीतिलाई अनुसरण गर्दा मानिसले आफ्नो काममा सफलता प्राप्त गर्न सक्छ । चाणक्यका अनुसार व्यक्तिमा पाँच वस्तुहरु जन्मभन्दा पहिला नै तय भएका छन् । ती पाँच वस्तुमा आयु, कर्म, धन, विद्या र मृत्यु पर्दछन् । यी पाँच वस्तु मानिस गर्भमा छँदा नै लेखिन्छ । पछि यी कुरामा कुनै पनि परिवर्तन हुँदैन। मानिसलाई समय नआउन्जेल कसैले मार्न सक्दैन । यसै गरी धन र विद्या पनि पहिलाबाट नै निर्धारित गरिएको हुन्छ ।

चाणक्यका अरु नीति: चाणक्यले आफ्नो नीतिमा बताएका छन् कि मानिस चार मुख्य उद्देश्यको लागि बनेको हो । ती काम हुन्, धर्म, अर्थ, काम र मोक्ष । यी चार उद्देश्यमध्ये एक उद्देश्य पनि पुरा भएन भने मानिसको जीवन व्यर्थ हुन्छ । चाणक्यका अनुसार मानिसमा समय चेत हुनु पर्दछ । उनका अनुसार झगडा, लफडा, हमला हुँदा मौका पाई गायब हुने मानिस नै जित्दछ । यसै गरी चाणक्य दुष्टको साथमा बस्न नहुने कुरामा जोड दिन्छन् । समयमै दुष्ट चिन्नु नै सफलता प्राप्ति हो ।

प्रतिक्रिया दिनुहोस्