Logo

पूर्वपोर्नस्टार मिया खलिफाले गरिन् बिहे (भिडियो)



Spread the love

कुनै समय पोर्न साइटकी हिट पोर्नस्टार मिया खलिफा यो उद्योग छोडेपछि ‘सिरियस रिलेसनसिप’ मा थिइन्। उनी रोबर्ट सैन्डबर्गसँग डेटमा थिइन्। केही समयपहिले उनीहरूले आफ्नो विवाह हुन लागेको खबर सार्वजनिक गरेका थिए तर अकस्मात फैलिएको कोरोना महामारीपछि उनीहरूको विवाह रोकिएको थियो।

अहिले मिया र रोबर्टले विवाह गरिसकेको खबर सार्वजनिक भएको छ। मियाले हालै इन्स्टाग्राममा एउटा सूचना पोस्ट गरेकी छन्। यो पोस्ट भिडियो हो जसमा मिया बाथरुममा नाच्दै गाउँदै देखिएकी छन्। त्यहीँ रोबर्ट सोफामा सुतिरहेका छन्। यो भिडियो सेयर गर्दै मियाले रोबर्टलाई पति भनेर सम्बोधन गरेकी छन्।

यसअघि आफूहरूको विवाह रोकिँदा मिया निकै उदास देखिएकी थिइन्। यही विषयमा उनले इन्स्टाग्राममा एउटा इमोसनल पोस्ट पनि गरेकी थिइन्। पोस्टमा उनले लेखेकी थिइन्, ‘दुनियाँ तहसनहस हुनुभन्दा पहिले म मरें भने विवाहका लागि मैले किनेका कपडासँगै मलाई गाडिदिनू।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकासित भएको छ।

प्रतिक्रिया दिनुहोस्