Logo

देशमा फैलिएको कोरोनाभाइरस रोक्नका लागि दिए काली मातालाई जिब्रोको बलि



Spread the love

एजेन्सी। देशमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्नका लागि भारतको गुजरातस्थित सुइगाममा एक युवकले आफ्नो जिब्रो काटेर देउतालाई बलि दिएका छन् ।

युवकको नाम विवेक शर्मा हो। उनका सहकर्मी ब्रिजेश सिंहले प्रहरीलाई बताएअनुसार, शर्मा काली माताका भक्त हुन् र विगत केही दिनयता उनले देवीको नाम लिइरहेका थिए । शनिवार बिहान उनी बजार जान्छु भनी भवानी मन्दिरबाट निस्किए । तर उनी नफर्केपछि उनका दाइले मोबाइल फोनमा कल गरे । अर्कै व्यक्तिले फोन उठाए अनि विवेकले नदेश्वरी मन्दिरमा जिब्रो काटेको खबर दिए ।

नदेश्वरी माताजीलाई जिब्रोको बलि दिएपछि उहाँ खुशी हुने र कोरोनाभाइरस फैलिनबाट रोक्ने आशा विवेकले गरेका हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्