Logo

आरडिटीमा पोजिटिभ देखिएका सल्यानका युवामा कोरोना संक्रमण देखिएन



Spread the love

९ वैशाख, सल्यान   सोमबार र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मा कोरोना भाइरस (कोभिड १९) पोजिटिभ देखिएका सल्यानका एक युवामा पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।

जिल्लाको शारदा नगरपालिका १ चैबाङजिउलाका ३२ वर्षीय युवामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट सोमबार कोरोना भाइरस परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । तर, पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

उनको परिवारलाई पनि कोरोनाको आरडिटी परीक्षण गरिएको थियो । तर, परिवारको कोरोना नेगेटिभ देखिएको थियो । उनी चैत ६ गते युएईबाट नेपाल आएका थिए ।

सल्यान जिल्लामा सोमबारसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट परीक्षण गरिएका ६ सय ७४ मध्य १ जनामा मात्र कोरोना पोजेटिभ देखिएको थियो । तर, उनको पनि पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिए सँगै सल्यानमा कोरोना परिक्षण गरिएका सबैमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्