Logo

गुल्मीमा घरमा आगलागी, एकको मृत्यु ३ घाईते, लाखौं नोक्सानी



Spread the love

८ वैशाख, गुल्मी – गुल्मीमा किराना पसलमा आगलागी हुदा मानवीय क्षतीसँगै ठुलो भौतिक क्षती भएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरस्थित पूर्ण खनालको किराना पसलमा आगलागी हुँदा उनका कान्छा छोरा समीर खनालको ज्यान गएको छ भने परिवारका अन्य तीन सदस्य घाइते भएका छन ।

जलेर घर पुर्ण रुपमा नष्ट भएको र क्षतीको यथार्थ विवरण आइनसकेको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले जानकारी दिए । नेपाल प्रहरी स्थानीय तथा जनप्रतिनिधिको सहयोगमा आगो नियन्त्रणमा लिईएको जिल्ला प्रहरीले कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीको कारण अझै खुल्न सकेको छैन । पसल सञ्चालक खनाल बाग्लुङ बरेखानी गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष रहेको खुल्नमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्