Logo

यी सामान्य गल्ती, जसले ल्याउन सक्दछ हाम्रो दैनिक जीवनमा समस्या



Spread the love

बस्नु, काम गर्नु, खानु, लुगा लगाउनु यही सामान्य काममा पनि हामी कतिपय गल्ती गरिरहेका हुन्छौं, जसको दीर्घकलिन असर हाम्रो स्वास्थ्यमा पार्दछ ।
झुकेर बस्नु
घन्टौंसम्म तल निहुरिएर काम गर्ने बानीले मांशपेशीमा दवाव पर्ने हुनाले गर्दन, कम्मर र काँधमा दुखाई हुन सक्छ ।
पेट थिचेर सुत्नु
पेट थिचेर सुत्दा शरीर आफ्नो स्वभाविक आकारमा रहँदैन । साथै शरीरमा रक्तसञ्चार सरलरुपमा हुन सक्दैन ।
ओछ्यानबाट जुरुक्कै उठ्नु
ओछ्यानमा सुतिरहेको बेला हाम्रो शरीर ‘रिल्याक्स्ड’ अवस्थामा हुँदा एकाएक ओछ्यानबाट जुरुक्कै उठ्यो भने रक्तसञ्चार बढ्छ र मांशपेसीमा दवाव बढ्न सक्छ ।
मसालायुक्त खाना
दिनभर केही न केही मसलादार खानेकुरा खाइरहँदा पेटभित्र एसिडको मात्रा बढ्छ ।
उपरखुट्टी लगाएर बस्नु
लामो समयसम्म उपरखुट्टी लगाएर बस्नाले खुट्टामा सही तरिकाले रक्तसञ्चार हुन नसक्दा यसले मुटुलाई हानी पुर्याउछ ।

प्रतिक्रिया दिनुहोस्