Logo

लकडाउनको प्रभाब – घरको बार्दलीबाट एकअर्कालाई हेर्दा हेर्दै बस्यो माया !



Spread the love

एजेन्सी । यतीबेला विश्वभर कोरोनाको सन्त्रास फैलिरहेको छ । कोरोना भाइरसलाई मध्य नजर गर्दै विभिन्न देश यति बेला लकडाउनमा रहेको छ । अर्कोतर्फ भने घरमै बसिरहेकाहरुबिचको सम्बन्धमा भने नयाँ आयाम थपिदै गईरहेको छ ।

त्यसैबीच इटलीको भेरोना शहरको ३८ वर्षीय मिसेल डी अल्फासो र आफ्नो घर अगाडि बस्ने ३९ वर्षीया पाओला एग्नेलीबीच पहिलो नजरमै माया बस्यो । साँझपख आफ्नो घरको बार्दलीमा उँभिएर एताउता हेर्ने, संगीतको आनन्द लिने गर्दागर्दै उनीहरु प्रेम सम्बन्धमा परेका हुन् ।

इटलीको धेरै शहरबासी प्रायजसो साँझ ६ बजेतिर आआफ्नो घरको बार्दलीमा आएर सांगीतिक बाजा बजाएर महामारीबीच एकताको सन्देश दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्