Logo

अलपत्र मजदुरप्रति मालिका गाउँपालिकाको नजर



Spread the love

६ वैशाख, गुल्मी – केन्द्रिय सरकारले मजदुरप्रति चासो नदेखाएको भन्दै चर्को आलोचना भैरहेको समयमा गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाले भने उत्कृष्ट कार्य गरेको छ । छिमेकी जिल्ला बाग्लुङको गलकोट नगरपालिका हटियामा पुल बनाउने काम गर्ने सल्यानका १० मजदुरलाई मालिका गाउँपालिकाले अर्खबाङबाट उद्दार गरेको छ ।

गलकोट नगरपालिका र ठेकेदारले वेवास्त गरेपछि ४ दिन अघि हिडेका उनीहरु हिजो मालिका गाउँपालिकामा आएका थिए । शुक्रबार मालिका गाउँपालिकामा बास मागेका मजदुरले राती बास नपाएर खेतमै खुल्ला आकाश मुनि रात काटेको बताए ।

एक ४ वर्षिय नाबालक सञ्जय शाही र ७० वर्षिया वृद्ध रत्न लाल घर्ती सहित १० जना मजदुरलाई खाना खुवाएर सम्बन्धित ठाँउसम्म पुर्याउन जिप रिजर्भ गरि पठाइएको मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।

अलपत्र मजदुर मध्ये ६ जना सल्यानको कपुरबोट गाउँपालिका वडा नम्बर ५ र ४ जना त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का रहेका छन् ।


सम्बन्धित स्थानीय तहका पालिका प्रमुखसँग समन्वय गरि उनिहरुलाई क्वारेन्टाइनमा राख्न समेत अनुरोध गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले सल्लेरी खबरलाई बताएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्