Logo

आज विश्व सम्पदा दिवस (फोटो फिचर)



Spread the love

६ वैशाख, काठमाडौं । आज विश्व सम्पदा दिवस । प्रत्येक वर्षको अप्रिल १८ मा यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा सम्पदाहरूको संरक्षणलाई लिएर विभिन्न कार्यक्रम, गोष्ठीहरू गर्ने गरिन्छ ।

तर यसपालि भने कोरोना भाइरसको महामारीले गर्दा विश्व सम्पदा दिवसको दिन कुनै पनि कार्यक्रम राखिएको छैन ।

कोरोना भाइरसको कारणले गर्दा सम्पदा क्षेत्रमा असर परेको छ । नेपालका महत्त्वपूर्ण सम्पदा क्षेत्र खाली छन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउनको लागि गरेको तयारी ‘भिजिट नेपाल २०२०’ कोरोनाको कारणले गर्दा रद्द गरिएको छ । कोरोनाले नै गर्दा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ ।

लकडाउनले गर्दा जनताहरू घरमा नै कैद भएका छन् । पर्यटन क्षेत्रमा यसले नराम्रोसँग असर गरेको छ । २० लाख पर्यटक भित्राउने योजनाले साकार रूप पाएन । वि.सं. २०७२ मा गएको विनाशकारी भूकम्पबाट क्षति पुगेका सम्पदाहरूको मर्मत अझै पनि हुन सकेको छैन । धरहरा, रानीपोखरी, काष्ठमण्डपजस्ता महत्त्वपूर्ण सम्पदाहरू अझै साकार रूप पाएका छन् ।

काठमाण्डौं उपत्यकाभित्रका काठमाण्डौं, ललितपुर र भक्तपुरका ७ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत रहेका छन् । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोले काठमाण्डौं उपत्यका र लुम्बिनी क्षेत्रलाई सांस्कृतिक सम्पदा क्षेत्रका रूपमा राखेको छ । सन् १९७९ मा पाटन दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, बौद्धनाथ स्तुपा, चाँगुनारायण मन्दिर र स्वयम्भूनाथ विश्व सम्पदा सूचिमा राखिएका थिए । विश्व सम्पदा सूचिमा सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज पनि रहेका छन् ।

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका विश्व सम्पदामा सूचीकृत नेपालका सम्पदा

पाटन दरबार क्षेत्र
पशुपतिनाथ मन्दिर
पाटन दरबार क्षेत्र
स्वयम्भूनाथ
पाटन दरबार क्षेत्र
वसन्तपुर दरबार क्षेत्र
भक्तपुर दरबार क्षेत्र
पशुपतिनाथ क्षेत्र
भक्तपुर दरबार क्षेत्र
पशुपतिनाथ क्षेत्र
भक्तपुर दरबार क्षेत्र
पाटन दरबार क्षेत्र
पाटन दरबार क्षेत्र
बौद्धनाथ स्तुपा

भुजेल सल्लेरी खबरका फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्