ताईपेइ, कात्तिक १३ गते । ताइवानमा काम गर्ने अधिकांश कामकाजी मानिसले आर्थिकरुपमा आफूलाई कमजोर महसुस गर्ने गरेको पाइएको छ ।
सोमबार सार्वजनिक गरिएको एक सर्वेक्षण प्रतिवेदनमा काम धेरै तर तलब भने थोरै भएको अधिकांशले महसुस गरेको उल्लेख छ ।
सर्वेक्षणमा सहभागी एक हजार ७६ जनामध्ये ८६ प्रतिशतले काममा एकदमै धेरै तनाव र सेवासुविधामा निकै कन्जुस्याइँ भएको बताएका हुन् ।
उनीहरुले सेवासुविधा वृद्धि पनि निकै सुस्त गतिमा हुने गरेको अनुभव सुनाएको प्रतिवेदनमा उल्लेख गरिएको सर्वेक्षणकर्ताले जनाएका छन् ।
सन् १९६०, १९७० र १९८० को दशकमा जन्मेका स्थानीय बासिन्दा सर्वेक्षणमा सहभागी भएका थिए ।
उनीहरुमध्ये महिलाभन्दा पुरुष बढी रुखो र रिसाहा भएको पाइएको पनि सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागी कामकाजीमध्ये ९२ प्रतिशत आफ्नो तलबमा सन्तुष्ट हुन सकेका छैनन् ।
तर पनि खर्च बढ्दै जाने, घर, ऋण, भाडा आदि महँगो हुँदै जाने गरेकाले असन्तुष्टिका बीच कम गरिरहनुपरेको उनीहरुको भनाइ छ ।(रासस÷सिन्ह्वा)