Logo

अखिल क्रान्तिकारी द्वारा बाढी,पहिरो पीडितको लागि राहत कोष घोषणा



Spread the love

akhil krantikari flag

ने क पा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बाढी,पहिरो पीडितको लागि रु एक लाख एघार हजार एक सय एघार राहत कोष घोषणा गरेको छ।

देशका बिभिन्न भागमा गएको बाढी पहिरोका कारण क्षति पुगेकोले पीडितहरुको उद्दार कार्यमा सहयोग गर्ने उदेश्यले आफ्नो संघटनका सद्स्यहरुको लेबी तथा सहयोग बाट रकम जुटाईएको प्रेस नोट मार्फत जनाएको छ।

यस्मा बिभिन्न क्षेत्र बाट थप रकम जुटाई सरकारको अधिकारिक कोषमा तत्काल हस्तान्तरण गरिने साथै राहत तथा उद्दारमा सिंगो संगठनलाई परिचालन गरिने जनाएको छ।

तिलाठी घटनाको बिरोध 

भारतीय पक्षले ठुलो धनजनको क्षति हुने गरि अन्तरास्ट्रिय मान्यता बिपरित दसगजा क्षेत्रमा बनाएको बाँधको कडा शब्दमा  बिरोध गरेको छ।
तिलाठी क्षेत्रका जनताले भारतीय दादागिरीका बिरुद्दमा देखाएको साहसको समर्थनमा भोलि साउन १५ गते बिहान साढे आठ बजे माइतिघर मण्डलामा बिशेष प्रदशन गर्ने समेत जनाएको छ।

अखिल क्रान्तिकारीको प्रेस नोट

akhil krantikari sahayog

प्रतिक्रिया दिनुहोस्