Logo

लकडाउनको दुरुपयोग गर्दै मदिरा बोक्ने सवारी नियन्त्रणमा



Spread the love

४ वैशाख, गुल्मी – लकडाउनको समय चलिरहेको छ । सरकारले आवत जावतमा प्रतिबन्ध लगाएको छ । दैनिक अत्यावश्यक उपभोग्य सामग्री बाहेक अरु सामग्री बोक्न रोक लगाईरहेको अवस्थामा गुल्मीमा भने केही डिलर र सवारी साधनले यसको दुरुपयोग गरेका छन् ।

सदरमुकाम तम्घासबाट मालिका गाउँपालिकाको वडा नम्बर पाँच छापहिलेको लागि खाद्यान्न बोक्ने सवारीले अवैध मदिरा बोकेको पाईएको छ । लगातार दुई दिनसम्म खाद्यान्न बोक्ने सवारी साधनले मदिरा बोकेको र आँफुहरुले नियन्त्रणमा लिईएको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले बताईन् ।

बुधबार मालिका गाउँपालिका ५ छापाहिले जाँदै गरेको ग १ च ९८६ नम्बरको जिपबाट १० काटुन पलास्टिकको रक्सी बरामद गरि रक्सी र सवारीलाई नियन्त्रण लिईएको छ । त्यस्तै आज पनि तम्घासबाट छापाहिले जाने लु ३ च २५७३ नम्बरको सवारी साधनमा २ कार्टुन बियर, ११ कार्टुन प्लास्टिकको रक्सी र १ कार्टुन गोल्डेन नामक रक्सी र सवारीलाई इस्मा छिर्ने मुख्य नाका छल्दीपनाहबाट नियन्त्रणमा लिईएको उपाध्यक्ष खत्रीले सल्लेरी खबरलाई बताईन् ।

लकडाउनको समयमा यसभन्दा अघि पनि इस्मामा मदिराको कारोबार हुँदै आईरहेको पाईएको छ । केही दिनअघि मात्रै उपाध्यक्ष खत्रीको नेतृत्वमा २०५ लिटर घरेलु मदिरा र १० कार्टुन प्लास्टिकको रक्सी नस्ट गरिएको थियो । पछिल्लो समय इस्मा गाउँपालिका मदिरा नियन्त्रणमा लागिपरिरहेको छ ।
लकडाउन उल्लंघन गर्नेलाई इस्मा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय गुल्मीसँग समन्वय गरेर कारबाही गर्ने गाउँपालिकाका अध्यक्ष लक्षमण विष्टले सल्लेरी खबरलाई बताए ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले कानुन बमोजिम कारबाही हुने कुरा उल्लेख गरेका छ्न् ।

त्यस्तै पछिल्लो समय इस्मा गाउँपालिकाले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गरिरहेको छ भने २५ जनलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्