Logo

लुडो खेल्दै गर्दा खोकेको भन्दै खोक्ने आफ्नै साथीमाथि गोली प्रहार !



Spread the love

एजेन्सी । लुडो खेल्दै गर्दा भारतको ग्रेटर नोयडामा एक युवकले अर्कालाई गोली प्रहार गरेका छन् । राति मन्दिरमा चारजना युवक लुडो खेलिरहदा प्रशान्त नामक युवकलाई अचानक खोकी लाग्यो । त्यसपछि जयवीर नामक युवकले भने, ‘कोरोना फैलाउँछस् ?’दुवैजना झगडा गर्न थाले । त्यसपछि जयवीरले प्रशान्तलाई गोली हानेका थिए ।

प्रहरीले प्रशान्तलाई कैलाश अस्पतालमा भर्ना गरेको छ । आरोपितमाथि उजुरी दर्ता गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्