Logo

लकडाउन उल्लंघन गर्न खोज्दा गुल्मीमा कारसहित ९ जना नियन्त्रणमा



Spread the love

३ वैशाख, गुल्मी – गुल्मीमा लकडाउन उल्लंघन गर्न खोज्ने केही व्यक्तिहरु गाउँपालिकाको फन्दामा परेका छन् । जिल्लाको इस्मा गाउँपालिकामा गत बैशाख १ गते बुटवलबाट निजि गाडीमा इस्मा आएका ९ जनालाई कार सहित नियन्त्रणमा लिएर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

गत चैत ३० गते बुटवलमा बिरामी लिन भनि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पास कार्ड बनाई गएको लु १ ज ३९५७ नम्बरको कारले फर्किदा ९ जना यात्रु बोकेर आएको थियो । उक्त कारलाई इस्मा गाउँपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण गस्तीले पक्राउ गरेको इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विस्टले सल्लेरी खबरलाई बताए ।


स्थानीय तह तथा प्रहरी प्रशासनलाई छ्ल्दै गाउँपालिका प्रवेश गर्ने र क्वारेन्टाइनमा बस्न नखोज्ने उनिहरुको नियत रहेको खुलेको छ । गाउँपालिकाले सम्झाई बुझाई गरेको र आवश्यक कारबाही गर्ने चेतावनि दिए पछि उनीहरु अहिले गाउँपालिकाले निर्माण गरेको ठाडढुङा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेको इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताईन ।

उनिहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र आवश्यक स्वास्थ्य परिक्षण गरेर छाडिदिने गाउँपालिकाले जनाएको छ।

पछिल्लो समय इस्मा गाउँपालिकाले लकडाउनलाई कडाईका साथ कार्यनयन गरिहरेको छ । टोल टोलमा जनप्रतिनिधि ,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित स्थानीय क्लबहरुलाई परिचालन गरि प्रत्येक वडाका नाका बन्द गरिएको छ भने एक वडाबाट अर्को वडामा जान प्रतिबन्ध समेत लगाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्