Logo

कोरोना भाइरसको जोखिम सुगर र प्रेसरका औषधी सेवन गर्नेमा बढी !



Spread the love

कोरोना भाइरस अहिले २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १९ लाख ८० हजार ५ संक्रमित भएका छन् भने ६ लाख ५ हजार ६सय ५७ भन्दा बढीको मुत्यु भएको र ४ लाख ७० हजार ६ जना निको भएको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ भने ७४ हजार नयाँ संक्रमित थपिएका छन् ।

यसरी विश्वलाई नै आतंकित बनाएको कोरोनाको संक्रमण सुगर र प्रेसरका बिरामीका लागि घातक हुने अध्ययनले जनाएको छ । रिपोर्टका अनुसार यी रोगका बिरामी सेवन गर्ने औषधिले मानिसको कोषमा असर पार्ने काम गर्दछ । वैज्ञानिकका अनुसार ती औषधिले कोषमा असर पार्दा कोरोना भाइरसलाई आक्रमणका लागी सहज बन्ने गर्दछ ।

विश्वभरका करौडौं मधुमेह तथा उच्च रक्ताचापका बिरामीहरु रोग नियन्त्रणका अनुसार यस प्रकारको औषधिको सेवन गर्दछन् । तर स्वास्थ्य विशेषज्ञका अनुसार औषधीको सेवन बन्द गर्नु भन्दा पनि यसका लागि रोग प्रतिरोधात्मक शक्ति बढाउने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्