धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला क्षेत्रको महत्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।
यसैगरी, सञ्जितका साला राजविराज-१६ का बिटु भनिने अनुज झा र ठूली सासूआमा चन्द्रावती झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजाकुमारी झा अझै बेपत्ता छिन् । यसैगरी, बोदे बर्साइन नगरपालिका-३, मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरू चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको ज्यान गएको छ ।
यस्तै, अग्निसाइर कृष्णसबरन गाउँपालिका-४, बनौलीका योगेन्द्र यादवकी श्रीमती सुधिरा र छोरी पाँच वर्षीया समीक्षाको मृत्यु भएको योगेन्द्रका भान्जा विद्यानन्द बेदर्दीले जानकारी दिएका छन् । सैनिक मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज-१३ का ऋषि आनन्द देव, बोदे बर्साइन-२ का आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, बोदे बर्साइन-३ की मानवी यादव, बोदे बर्साइन-२ का सुरेन्द्र चौधरी, पशुपति चौधरी, शम्भुनाथका सुदीप चौधरी, राजविराज-१४ का आदित्य झा, बसका सहचालक राजविराज-१५ का नरेश मुखिया, नेंगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो-३ का रामानन्द यादव, महदेवा-९ का प्रमोद इसरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।