Logo

सडकमा माग्दै हिँड्ने १३ वर्षकी किशोरी बनिन् रातारात सेलिब्रिटी !



Spread the love

एजेन्सी । विगत चार वर्षदेखि रिटा गाभिओला संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा कार्यरत छन् । उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन । यस्तो सफलता उनले एउटा तस्बिरका कारण प्राप्त गरिन् ।

सन् २०१६ मा आफ्नो र परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिड्दा एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले उनको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे । ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे ।

उनका बुवा फोहोर टिप्ने काम गर्दथे भने आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । फिलिपिन्सका थुप्रै सुन्दरीले उनलाई गरिबीबाट बाहिर निस्कन सहयोग गरे ।

प्रतिक्रिया दिनुहोस्