काठमान्डौँ । चलचित्रको क्षेत्रमा २०७६ सालमा केही राम्रा चलचित्र बने, केहीले लगानी उठाउन सकेनन् । केही चलचित्र कोरोनाको कारणले गर्दा हलमा लाग्न पाएनन् । यहाँ वि.सं २०७६ सालमा रिलिज भएका ५ राम्रा चलचित्रको बारेमा छोटकरीमा वर्णन गरिएको छ ।
१. जात्रै जात्रा
![जात्रा'ले स्थापना गरेको शास्त्र ...](https://i0.wp.com/pahilopost.com/assets/upload/contentthumb/jatra-42019-04-20.jpeg?resize=631%2C316&ssl=1)
दुई वर्षअघि रिलिज भएको चलचित्र जात्राको सिक्वेलको रुपमा जात्रै जात्रा चलचित्र बनेको थियो । जात्राको अन्त्य जहाँ भएको थियो त्यहींबाट जात्रै जात्राको सुरुवात भयो । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, रवीन्द्र झा, रविन्द्र सिंह बानिया र वर्षा राउतको अभिनय रहेको छ । जात्रै जात्रामा नक्कली पैसाको कारण जेल गएका तीनजना साथी जेलबाहिर आएपछि परेको आर्थिक संकटको बारेमा चलचित्रमा प्रस्तुत गरिएको छ । जात्रा र जात्रै जात्रा दुबै निकै मन पराइएका चलचित्र हुन् ।
२. कबड्डी कबड्डी कबड्डी
![कबड्डी टिमलाई गीत चाेरीको आरोप](https://i0.wp.com/www.nayapatrikadaily.com/uploads/news/images/kabaddi2019-07-24-07-53-07.jpeg?resize=611%2C292&ssl=1)
राम बाबु गुरुङको निर्देशनमा बनेको चलचित्र कबड्डी कबड्डी कबड्डी भदौ १३ मा रिलिज भएको थियो । प्रस्तुत चलचित्रलाई दर्शकहरुले मन पराएका थिए । यसभन्दा अगिका दुई चलचित्र शैलीमा चलचित्र बनेको छ । चलचित्रमा दयाहाङ राई रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
३. आमा
![दीपेन्द्र के.खनाल निर्देशित चलचित्र ...](https://i0.wp.com/namastefilmy.com/wp-content/uploads/2019/10/aama-postar-1.jpg?resize=621%2C614&ssl=1)
महाशिवरात्रिको अवसर पारेर आमा चलचित्र रिलिज भएको थियो । आमा चलचित्रलाई पशुपतिप्रसादबाट चर्चा बटुलेका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ । चलचित्रमा सुरक्षा पन्त मिथिलाकी छोरीको रुपमा देखिएकी छिन् । आमा र छोरीको भावनात्मक सम्बन्धलाई चलचित्रमा देखाइएको छ । मिथिला र सुरक्षाको साथमा सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
૪. सेन्टी भाइरस
![धुमुर्स–सुन्तलीको फिल्म 'सेन्टी ...](https://i0.wp.com/www.samayahub.com/wp-content/uploads/2020/01/safe_image.jpg?resize=692%2C385&ssl=1)
चलचित्र कबड्डीबाट चर्चा बटुलेका रामबाबु गुरुङको निर्देशनमा सेन्टी भाइरस बनेको हो । सेन्टी भाइरस र आमा चलचित्र एकैदिन हलमा रिलिज भएका थिए । सेन्टी भाइरसमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र दयाहाङ राई मुख्य भूमिकामा देखिएका छन् । श्रीमान र श्रीमती फरक पार्टीमा हुँदा देखा पर्ने समस्यालाई चलचित्रमा देखाइएको छ । चलचित्रमा विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
५. छ माया छपक्कै छ माया छपक्कै
![फ्राइडे रिलिजमा 'छ माया छपक्कै', हलमा ...](https://i0.wp.com/pahilopost.com/assets/upload/contentthumb/%25E0%25A5%25A7%25E0%25A5%25A7.jpg?resize=636%2C318&ssl=1)
दिपेन्द्र के लामाको निर्देशनमा बनेको चलचित्र हो । दीपकराज गिरी, दीपाश्री निरौलाको टिमले बनाएको यो चौथो चलचित्र हो । चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केकी अधिकारी, केदार घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।