Logo

२०७७ सालका यी ५ भाग्यमानी राशिहरू



Spread the love

मेहनत धेरैले गरेका हुन्छन् तर फल भने थोरैले मात्र पाउँछन् । ज्योतिष शास्त्रका अनुसार सफलताको पछि मानिसको भाग्यको योगदान पनि हुन्छ । त्यसैले धेरैले भाग्यमा पनि विश्वास गर्छन् । राशिको हिसाबले पनि भाग्यमानी र सधैँ सफलता प्राप्त गर्ने मानिस छुट्टाउन सकिन्छ । कुल १२ राशिमध्ये ५ राशिका व्यक्तिलाई उनीहरूको भाग्यले नै भाग्यवान बन्न साथ दिन्छ । निम्न ५ राशिका व्यक्तिलाई यस्ता प्रतिफल प्राप्त हुन सक्ने ज्योतिष विद्याका जानकारहरू बताउँछन् ।
१ वृष- यी राशिहरू हुनेहरुका लागि यो साल निक्कै फलावन रहेको छ । यो समय नयाँ काममा सफलता मिल्ने नयाँ कम गर्ने जोस जागर बढ्ने समय रहेको छ । भाग्य स्थानमा रहेर वृहस्पति गएर बसेको छ । सन्तानबाट पूर्ण साथ सहयोग पाउनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहेको छ ।वैदेशिक यात्राको समेत योग रहेको छ । मन निक्कै प्रसन्न रहनुका साथै शत्रुहरूलाई पराजित गर्न सकिनेछ ।
२ कर्कट राशि- यी राशि हुनेहरुको लागि दाम्पत्य जीवनमा ठुलो सुख प्राप्त गर्नुका साथी घर परिवारको पूर्ण साथ प्राप्त हुनेछ । प्रेम गर्ने जोडीहरूको लागि यो वर्ष निक्कै उत्तम रहेको छ । त्यस्तै व्यापार व्यवसायमा विशेष लाभ मिल्नेछ । धार्मिक यात्रा हुनेछ । मनोबल उच्च रहनुको साथै मनमा क्रान्ति छाउने छ ।
३ कन्या राशि – यी राशि हुनेको लागि सन्तानबाट ठुलो साथ र सहयोग पाइनेछ । सरकारी सेवामा भएकाहरूलाई मान सम्मानमा पाइनेछ । रिजल्टको पर्खाइमा हुनु हुन्छ भने १०० % राम्रो नतिजा आउनेछ । शैक्षिक क्षेत्रबाट ठुलो प्रगति हुनेछ ।
४ धनु – यी राशि साढे शनिसाती भएता पनि मनमा डर उदासी छाए पनि भाग्य उदय हुनेछ । अर्को भाग्यमानी राशिमा धनु राशि पनि पर्छ । यो राशि हुने व्यक्ति धेरै मेहनती र क्रान्तिकारी स्वभावका हुन्छन् । यी राशि हुनेले पनि धेरै सफलता प्राप्त गर्दछन् । लामो समय देखि रोकिरहेको कामहरू बन्नेछ ।
५ मीन राशि – यी राशि हुनेहरुको लागि यो वर्ष निक्कै फलदायी रहनेछ । शैक्षिक क्षेत्र, व्यापार व्यवसाय फस्टाउने छ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्