गुल्मीबाट कोरोनाको आशंकामा स्वाब परीक्षण गर्न काठमाडौँ पठाईएका पाँच जनाकै स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ ।
गुल्मीका विभिन्न स्थानीय तहका पाँच जनाको स्वाब गत चैत २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत शर्माले सल्लेरी खबरलाई जानकारी दिए ।
उनीहरु गत चैत ६ गते कोरोना संक्रमित युवती संँगै एउटै विमानमा नेपाल आएका थिए । उनीहरू पाँच जनानै सुरक्षित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्