Logo

साइबर आक्रमण: फुड्मान्डु र भायानेट पछि प्रभु पे ह्याक, कांँग्रेसलाई चेतावनी



Spread the love

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी प्रभु पेका करिब चार सय बढी ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक भएको छ ।

कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा लाखौँ मान्छेहरुका व्यक्तिगत डाटा अथवा विरणहरु ह्याक हुने गरेको छ ।

ह्याकरले कम्पनीको प्रणालीमा अनाधिकृत रुपमा प्रवेश गरेर ग्राहकको व्यक्तिगत विवरणमा कब्जा जमाएर सार्वजनिक गरेको छ ।

ह्याक भएका विवरण, ब्यक्तिगत सुरक्षालाई ध्यान दिएर मधुरो बनाएर राखेका छौँ ।

आज ह्याकर समूहले प्रयोगकर्ताको नामसहित इमेल र फोन नम्बर सार्वजनिक गरेको छ।

ह्याक गर्नु केही समय अघी ह्याकरहरुले सिस्टममा समस्या भएको जानकारी गराएको तर सेक्युरिटीमा सुधार नआएकोले ह्याक गरेको बताएको छ।

साथै, नेपाली कांँग्रेसलाई पनि ह्याकरले चेतावनी दिएको छ ।

फुडमान्डु र भायानेट ग्राहकको तथ्यांक यसरी चोरेर सार्वजनिक गरिएको केही समय नपुग्दै अर्को घटना हुनु दुःखद् छ।

तथ्यांक चोरी भएको तथ्य एक टि्वटर ह्यान्डलमार्फत सार्वजनिक गरिएको छ । यस बिषयमा प्रभु पेको तर्फबाट आधिकारिक धारणा आएको छैन।

प्रतिक्रिया दिनुहोस्