Logo

गाउँपालिका प्रवेश गर्न सबै क्वारेन्टाइनमा, अटेरी गरे ६ महिना कैद



Spread the love

२७ चैत, गुल्मी। कोरोना रोकथाम तथा नियन्त्रणको लागि गुल्मीका स्थानीय तहले पछिल्लो समय उच्च सतर्कता अपनाउँदै गइरहेको छ । त्यस्तै गुल्मीको पश्चिम क्षेत्रमा पर्न मालिका गाउँपालिकाले लकडाउन तथा क्वारेन्टाइनलाई कडाइ गरेको छ ।

अब देखि मालिका गाउँपालिका भित्र प्रवेश गर्न जो कोहीलाई पनि क्वारेन्टाइनमा राखिने मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले जानकारी दिए । मालिका गाउँपालिका छिमेकी जिल्ला बागलुङ सँग जोडिएका कारण नेपाल भित्र तथा नेपाल बाहिरबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखिने र अटेर गरेमा सङ्क्रमित रोग ऐन २०२० अनुसार १ महिना देखि ६ महिना सम्म कैद हुने प्रवक्ता गिरिले उल्लेख गरेका छन् ।

सोही अनुरूप क्वारेन्टाइनको व्यवस्था गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी बताए । भण्डारीका अनुसार वडा नम्बर १ मा १५ बेड क्षमताको क्वारेन्टाइन निर्माण, त्यस्तै वडा नम्बर २ मा २०, वडा नम्बर ३ मा १५, वडा नम्बर ४ मा १५, वडा नम्बर ५ मा १५, वडा नम्बर ६ मा २०,वडा नम्बर ७ मा २० वडा नम्बर ८ मा २० बेड गरी कुल १४५ बेडको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सल्लेरी खबरलाई बताए ।

अहिले मालिका गाउँपालिकामा १० जनालाई क्वारेन्टाइनमा राखिएको छ भने ५७ जनालाई होम क्वारेन्टाइनमा कडा निगरानीका साथ राखिएको मालिका गाउँपालिकाले जनाएको छ । साथै, कोरोना रोकथाम तथा नियन्त्रणको लागि मालिका गाउँपालिकाले एक वडा देखि अर्को वडामा जान समेत प्रतिबन्ध लगाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्