हरेक पटक सॉध सर्छ उनकै खेत पारि पुग्छ !
हरेक वॉध वॉधेपछि उनकै गाउँ बस्ती डुव्छ !!
उनकै मालजालहरू दिनदिनै लुटिन्छन !
उनकै जहान केटाकेटी दिनदिनै कुटिन्छन !!
तर पनि उनैमाथि औंला ठाडो गर्छौ हामी
हामी बस्छौं पहाडमा कसको भर पर्छौं हामी ?
हाम्रो त देश जॉदा नटेकेको माटो जान्छ
उसको त खेत जान्छ घर जाने बाटो जान्छ
ऊ लडिरहेको छ युगौंदेखि यो देशमा हामी ठट्टा गरिरहेछौं राष्ट्रवादको भेषमा
हरेक पटक सॉध सार्दा……
बाघ भालुसँग जुध्दै मधेश आवाद गर्ने ऊ हो औलोसँग लाप्पा खेल्दा अकालमा मर्ने ऊ हो
संयोग हो भनौं कि त विडम्वना भनौं होला !
पारिसँग नाम जोडी हेपिने नि उही नै हो
हरेक पटक सॉध सार्दा …..
अस्तिसम्म यहॉ आउँन भिषा लिनु पर्थ्यो उसले
आफ्नै देशभित्र पस्न पैसा तिर्नु पर्थ्यो उसले तर पनि
अलग हुने मन गरेन कहिलै पनि जस्ता तस्ता भएदेखि अलग हुन्थे अहिलै पनि
हरेक पटक सॉध सार्दा ….
आऊ उसको रंगमाथि शंका गर्न बन्द गर
ऊ त देशको सिपाही हो उसैमाथि भर पर
भन्न देऊ उसलाई नि नेपाल मेरै मुलुक हो
हामी जस्तै मधेशी नि यही देशको सपूत हो
हरेक पटक सॉध सार्दा …..
ढल्को