एजेन्सी ।भारतको मध्य प्रदेशस्थित इन्दोरमा एक परिवारका दुई छोरालाई कोरोना संक्रमण देखिएपछि आमबुवा घरबाट भागेका छन् ।
भाग्ने आमाबुवाले आफूलाई प्रहरी प्रशासनले क्वारेन्टीनमा राख्ने हो कि भन्ने पीरले शनिवार राति घर छोडेर भागे । उनीहरू पैदलै हिँडेर इन्दोरबाट उज्जैनस्थित महिलाको माइती पुगे । तर माइतका मानिसले पनि उनीहरूलाई घरमा पस्न दिएनन् ।
पछि उनीहरूले चिनेको एकजनाले प्रहरी कार्यालय पुर्यायो । बूढाबूढी दुवैलाई कोरोनाको लक्षण देखिएको तर स्वास्थ्य जाँच नगराई इन्दोरबाट भागेका थिए । । यो दम्पती बस्ने घर र इलाका प्रहरीले सीलबन्दी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्