Logo

अमेरिकामा ७ लाख बेरोजगार



Spread the love

एजेन्सी । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसले अमेरिकाको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ ।

यहाँ कोरोनाबाट संक्रमण हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । य अमेरिकामा संक्रमित हुनेहरुको सङख्या ३ लाख कटेको छ भने ८ हजारभन्दा बढीको ज्यान गईसकेको छ । कोरोना भाइरसको त्रासमा लगाइएको लकडाउनले अमेरिकाको अर्थव्यवस्था नराम्रोसँग गाँजेको छ ।

आंकडाबाट यो पत्ता लागेको छ कि मार्च महिनामा अमेरिकी कम्पनीले धेरै कर्मचारीलाई हटाएका छन् । श्रम विभागले जारी गरेको आंकडा अनुसार मार्चमा अमेरिकामा ७ लाख १ हजार मानिस बेरोजगार भएका छन् । अमेरिकामा ૪.૪ प्रतिशतले बेरोजगार बढेको छ । यो पनि अनुमान गर्न थालिएको छ कि अप्रिलमा यो आंकडा झन् बढ्नेछन् ।

डोनाल्ड ट्रम्पले ૪ वर्षमा गरेको आर्थिक परिवर्तन कोरोना नामक भाइरसले तहसनहस पारिदिएको छ । अमेरिकामा यसै गरी संक्रमितको सङ्ख्या बढ्दै जाने हो भने विश्वको अर्थतन्त्रमा अमेरिकाको वर्चश्व नभई चीनको हुनेछ भन्ने कुरामा दुई मत छैन । जोन होपकिङ्ग यूनिभर्सिटीका अनुसार कोरोना भाइरसबाट विश्वभर १२ लाखभन्दा बढी संक्रमित भएका छन् भने ६૪ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्