एजेन्सी । स्पेनमा कोरोना भाइरसबाट अहिलेसम्म ११,००० भन्दा बढीको ज्यान गईसकेको छ । संक्रमितको संख्या १ लाख १९ हजार भन्दा बढी रहेको छ ।
तर, स्पेनको एक सहर यस्तो छ जहाँ कोरोनाको एक केस पनि देखिएको छैन । जहारा डी ला सिएरा स्पेनको एक पहाडी सहर हो । कोरोनाको संक्रमण सुरु हुने बित्तिकै यस सहरले आफूलाई दुनियाँबाट अलग गरेको थियो । जस कारणले देशमा कोरोनाको स्थिति भयभित हुँदा यहाँको स्थिति सामान्य रहेको छ ।
जहारा डी ला सिएरा दक्षिणी स्पेनमा अवस्थित सहर हो । १૪ मार्चमा जब पुरै स्पेनमा चेतावनी दिएपछि सहरका मेयरले पाँचवटा बाटोमध्ये चार बाटोलाई बन्ध गरेका थिए । पहाडी सहर जहारा डी ला सिएराको जनसङ्ख्या करिब १૪०० रहेको छ । सहरमा जानको लागि मात्र एक बाटो खुला गरिएको छ र त्यहाँ एकमात्र प्रहरी अफिसरलाई खटाइएको छ ।
जुन गाडी यस सहरमा आए पनि प्रोटेक्टिभ कपडा लगाई गाडीमा स्प्रे छर्किन्छन् ताकि संक्रमणको खतरा कम होस् । यति मात्र नभई गाडीको टायरमा पनि स्प्रे छर्किने गरिएको छ । मेयरका अनुसार प्रत्येक सोमवार र बिहीबार बेलुकी ५:३० बजे १० मानिस पूरै सहर, सडक, प्लाजा र घरको बाहरी भागको संक्रमणमुक्त गर्दछन् । एक ૪८ वर्षीय महिलाले बताइन् कि यहाँका सबै मानिस खुशी छन् । किनकी यताका मानिसलाई बाहिर जानु आवश्यक पर्दैन ।