Logo

एउटै कोखमा जन्मिएका दिदी बहिनीबीच किन मनमुटाब हुन्छ ?



Spread the love

झगडा त चाहे जति नै गरौ तर माया त मनबाट हुन्छ । केहि बेरलाइ लाग्छ की अब त बोल्दा पनि बोल्दिन तर मनले त मान्दैन । मानोस् पनि कसरी, आखिर जिन्दगि भन्नु नै दाजु-भाइका लागि दिदि बहिनि र दिदि-बहिनिका लागि दाजु भाइ हुन् । परिवारमा दोस्रो वा तेस्रो सन्तानभन्दा पहिलो सन्तानको महत्व बढी हुन्छ ।

पहिलो सन्तानले आफ्ना भाई बहिनीलाई माया त गर्छन्, साथसाथै ईष्र्या पनि उतिकै गर्छन । किनभने आफुले जुन किसिमको माया ममता, हेरचाह पाइएका हुन्छन्, त्यो क्रमस घट्दै जान्छ भाइ बहिनीको जन्मपछि । कतिपय अवस्थामा भने दिदी भाइ वा दिदी बहिनीबीच नै वैमनस्यता हुन्छ । उनीहरुबीच बोलचाल हुँदैन । एकअर्कामा वैरभाव पैदा हुन्छ । यसरी एउटै कोखमा जन्मिएका, एउटै काखमा खेलेका, एउटै आँगनमा हुर्किएका दिदी वहिनीले एकअर्कालाई सत्रुतापूर्ण व्यवहार गर्न थाल्छन् ।

दिदी वहिनीबीचको झगडाले उनीहरुलाई मात्र पिरोल्दैन, आमाबुवालाई पनि सताउन थाल्छ । खासगरी आफ्ना आमाबुवाको मन दुख्छ । किनभने उनीहरुले सबै सन्तानको भलो चाहन्छन्। उनीहरुले जे गरे पनि तपाईं उनीहरुसंग सम्झौता गर्नु पर्छ । यसबाहेक उनीहरुसंग माया–प्रेम गर्नु पर्छ । यदि तपाईं आफ्ना दिदी –बहिनीले तपाईंलाई सम्हालुन्, सम्झाउन् अथवा तपाईंसंग कुनै पनि कुराका लागि माफी मागुन् भन्ने चाहनु हुन्छ भने उनीहरुलाई यसबारेमा बताउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्