८८ केसी सुन तस्करीको अभियोगमा नेपाल कांग्रेसका नेता तथा नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
उनी रसुवाबाट नेपाली कांग्रेसको कोटाबाट आगामी संसद्का लागि सिफारिसमा परेका छन् ।
गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ केजी सुन तस्करीमा तामाङको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्