Logo

‘तपाईं संसारलाई हेर्न चाहनु हुन्छ भने सर्वप्रथम तपाईंले स्वयंलाई परिर्वतन गर्नु पर्छ’



Spread the love

विराट सोंच चिन्तनले बेलाबखतमा महापुरुषहरुको जन्म हुनेगर्छ । उनीहरुको खोज, अध्ययन, प्रयोग आफ्ना निम्ति मात्र होइन, विश्वकै मानव जातिका लागि उपयोगी हुँदै आएका छन् । उनै व्यक्तिहरुका केहि जीवनोपयोगी प्रेरक भनाईहरु यस प्रकार छन् :
एमर्सन – म हरेक पाइलामा हारेको छु, तर म जन्मेको केवल जीतको लागि हो ।
अज्ञात – म गर्न सक्छु, यो विश्वास हो । केवल मैले मात्र गर्न सक्छु, यो अन्धविश्वास हो ।
विवेकानन्द – जबसम्म तपाईं स्वयंलाई विश्वास गर्नु हुन्न, परमात्मामा विश्वास गर्न सक्नु हुन्न ।
अज्ञात – यदि हामी समाधानको अंग होइनौं भने यसको अर्थ हामी स्वयं नै समस्या हौं ।
अज्ञात – कसैलाई आफ्नो बनाउनका लागि हाम्रो सम्पुर्ण खुबीहरु पनि कम पर्छ, तर कसैलाई गुमाउनका लागि एउटा कमी नै काफी हुन्छ ।
नीति कथा – भेट्दा मित्रलाई आदर गर, पछाडि उसको प्रशंसा गर र आवश्यकता पर्दा उसलाई सहयोग गर ।
गौतम बुद्ध – सबै गलत कार्य मनबाट उत्पन्न हुन्छ । यदि मन परिवर्तित भयो भने गलत कुरा उत्पन्न हुन सक्छ ।
नीति कथा – मित्रहरुको छनोट सावधानीपूवर्क गर्नुपर्छ, किनभने हाम्रो व्यक्तित्वको झलक ती मित्रहरुसंग पनि मिल्न सक्छ, जसको संगतबाट हामी टाढा रहन्छौ ।
वाल्मीकि – पिताको सेवा अथवा उनको आज्ञाको पालना गर्नुभन्दा ठुलो अरु कुनै धर्माचरण छैन

महात्मा गाधी – सर्वप्रथम तपाईंले स्वयंलाई परिर्वतन गर्नु पर्छ, जस्तो तपाईंले संसारलाई हेर्न चाहनु भएको छ ।
जिग जिगलर – तपाईं जीवनमा जे चाहनु हुन्छ, त्यो प्राप्त गर्न सक्नु हुन्छ । मात्र तपाईंले अरुलाई सहयोग गर्न शुरु गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्