Logo

मानव इतिहासमा फैलिएका सात महामारी



Spread the love

विश्वभरी महामारीको रुप लिइ फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ आज न्यूज च्यानल र समाजिक संजालमा भरिएको छ । २१ औं शताब्दिमा मेडिकल साइन्स एड्भान्स त भयो तै पनि यस महामारीलाई रोक्न भने असमर्थ भइ रहेको छ । यस्तो महामारी विश्वमा पहिलो पटक भने फैलिएको होइन । इतिहासको पानाहरु धेरै महामारीले भरिएको छ । विज्ञानले जुन प्रगति आज गरेको छ त्यतिबेला विज्ञानले यति प्रगति गर्न सकेको थिएन । फलस्वरूप लाखौं करौडौले यस महामारीसँग जुध्न नसकी आफ्नो ज्यान गुमाएका थिए।

आज हामी यसै ७ महामारीको बारेमा छोटो चर्चा गर्न गइरहेका छौँ ,जसले करौडौँ मानिसको ज्यान लिएको थियो ।

१. द प्लेग अफ जस्टीनियन (सन्५४१)
द प्लेग अफ जस्टिनियनलाई इतिहासको पहिलो ठुलो महामारीको रुपमा मानिन्छ । यो प्लेग अफ्रिकाबाट सुरु भएको थियो तर त्यहाँ भएका संक्रमित मुसाहरु जहाजको माध्यमबाट रोमन साम्राज्यको कन्स्ट्यान्टिनोपोलको राजधानी बाइजनटाइन सम्म फैलिए । सन् ५४१ मा फैलिएको यस महामारीले दैनिक १० हजारको ज्यान लिन्थ्यो । प्राचीन इतिहासकार प्रोकोपियसको अनुसार त्यहाँको सडक समेत लासहरुले भरिएको थियो । त्यहाँ राजा जस्टीनियन जसको नाममा यो महामारीको नाम राखियो उनी पनि यसबाट संक्रमित थिए तर उनी बाँच्न सफल भए । यो महामारीले युरोपमै मात्र २ करोड ५० लाख भन्दा बढीको ज्यान लिएको थियो ।

२. द ब्ल्याक डेथ (सन १३४७ )
१४ औं शताब्दितिर एउटा नयाँ महामारी इटलीमा प्रवेश गर्यो । यस महामारीले अघिल्लो ५ वर्ष युरोपमा आफ्नो तान्डव देखायो । यो महामारी यति खतरनाक थियो कि यस्ले सिङ्गो सहर नै निलेको थियो र जो यस महामारीबाट बाँच्न सफल भए उनीहरु लास उठाउनमै वस्त भए । त्यति बेलाका मानिसहरुले औषधि-उपचार नपाई मृत्यु ग्रहण गर्नु परेकोले भगवानको श्राप भनी स्वीकारेका थिय । ब्ल्याक डेथको तान्डव सन १३५३ मा शान्त भयो तर यस्ले यो अवधिमा ५ करोड भन्दा बढीको ज्यान लिएको थियो ।

३. द इटालीयन प्लेग ( सन १६२९)
सन १६२९ मा फैलिएको यो महामारीले इटालीलाई आफ्नो चपेटामा लियो ।
२ वर्षसम्म यो महामारी इटालीमा फैलियो । त्यहाँको सबैभन्दा ठूला सहरहरु बेरोना, मिलान, भेनिस र फ्लोरेन्सलाई संक्रमित गर्यो । यो महामारी फैलिन रोक्नको लागि त्यहाँका अधिकारीले संक्रमित सबैलाई एउटा विरानो टापुमा बन्द गरिदिए । यति गर्दा सम्म बेरोनामा २ लाख ८० हजार, भेनिसमा १ लाख ४० हजार जनाले ज्यान गुमाएका थिए ।

४. द ग्रेट प्लेग अफ लन्डन ( सन १६६५ )
यो महामारीको चपेटमा आएपछि लण्डनमा हरेक दिन लगभग ८ हजार जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो । यसको डरले धनाढ्य वर्गहरु जस्तै त्यहाँको राजा चार्ल्स द्वितीय पलायन भएका थिए । लण्डनको अधिकारीले संक्रमितलाइ बन्द कोठामा थुनेर राख्दा पनि यसले करिब १ लाखको ज्यान लियो ।

५. द गेट प्लेग अफ मार्सिले ( सन १७२०)
पश्चिमि युरोपमा आएको अन्तिम ठूलो महामारी सन १७२० मा सुरु भएको थियो । यो महामारी ग्रान्ड सेन्ट एन्टोनी नाम जहाजबाट युरोपमा फैलिएको थियो । यो जहाजमा रहेका सबै संक्रमित भएको थाह पाएपछि यसलाई एक ठाउँमा बन्द गरी राखियो । यस जहाजको साहुको अनुरोधमा त्यहाँ रहेका मालसामान भने उतार्न अनुमति भने दिइयो र सामानसँगै त्यहाँ रहेका संक्रमित मुसाहरु पनि बाहिर आइ फ्रान्समा छिरे र महामारी सुरु भयो । हजारौँले दिन दिनै आफ्नो ज्यान गुमाए । सडक लासहरुले भरियो । सन १७२२ मा यो महामारी अन्त्य त भयो तर उक्त महामारीबाट ११ लाखको ज्यान गएको थियो ।

६. द थर्ड प्लेग प्यान्डेमिक (१८५५)
पहिला सबैभन्दा ठूलो महामारी प्लेग अफ जस्टीनियन र ब्ल्याक प्लेग थियो र भर्खरै फैलिएकालाई थर्ड प्यान्डमिक भनिन्छ । यो महामारी चीनको युनानबाट सन् १८५५ मा सुरु भएको थियो र बिस्तारै बिस्तारै विश्वभरी फैलियो । यो महामारी पनि मुसाद्वारा नै फैलिएको थियो । यस महामारीको कारण विश्वभरी १ करोड ५० लाख भन्दा बढीले ज्यान गुमाएका थिए । सबैभन्दा बढी नोक्सान भारत र चीनलाई भएको थियो ।

७. स्पेनिस फ्लू ( सन १९१८ )
यो महामारी कहाँबाट फैलिएको थियो भन्ने कुरा विवादास्पद छ । केही अनुसन्धानले अमेरिकाबाट भएको भन्छन त कुनैले युरोपबाट तर बहुमतले भने अमेरिकाबाट फैलिएको भनेर मानेको छ । यस महामारीबाट ५० करोडमा संक्रमण देखिएको थियो भने १० प्रतिशत मृत्युदर थियो अर्थात् ५ करोडले आफ्नो ज्यान गुमाएका थियो । अहिले फैलिएको भाइरस ( कोभिड-१९) ले बढी बृद्धलाई आक्रमण गर्दैछ भने यो महामारीले जवानलाई बढी आक्रमण गरेको थियो । त्यसैले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो महामारीको रुपमा लिइन्छ ।

विज्ञान र प्रविधिमा राम्रो विकास नभएको कारण धेरैले आफ्नो ज्यान गुमाउनु पर्यो । तर, अहिले यस्तो अवस्था छैन, विज्ञान र प्रविधिमा धेरै विकास आइसकेको कारण पहिले जस्तो अहिले नहुने अनुमान गर्न सकिन्छ ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्