Logo

नेविसंघले भोली देखी आमरण अनशन सुरु गर्ने



Spread the love

 

nebesanghhh

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा यसअघि रिले अनशन बस्दै आएकाहरुले शनिबार दिउँसोदेखि आमरण अनशन सुरु गर्न लागेका हुन् ।महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व विधिवतरुपमा छनोट नगरिएको विरोधमा संघर्षरत नेविसंघको असन्तुष्ट पक्षले शनिबारदेखि आमरण अनशन सुरु गर्ने भएको छ ।नेविसंघको महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वहरु नेताहरुको भागबन्डाको आधारमा छनोट गरिएको भन्दै कुन्दनराज काफ्ले नेतृत्वको समूह असन्तुष्ट छ । असन्तुष्ट पक्षले यही साउन ९ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पाल टाँगेर रिले अनशन सुरु गरेको थियो ।रिले अनशनले छैठौं दिन पार गर्दा पनि हाम्रा माग बेवास्ता गरिएकाले आमरण अनशन बस्न बाध्य भएका हौं,’ नेविसंघमा महामन्त्रीका दावेदार डिल्लीराम सुवेदीले भने ।

प्रतिक्रिया दिनुहोस्