एजेन्सी । २५ वर्षका क्रेग क्योरलोप अवकाशको तयारीमा छन् । क्योरलोप अमेरिकाको कोलोराडोस्थित डेनवरमा बस्छन् । उनी लोकप्रिय भइरहेको फायर आन्दोलनका सदस्य हुन् । फायर (FIRE- Financial Independence, Retire Early) को लक्ष्य हो वित्तिय स्वतन्त्रता, चाँडै नै अवकाश ।
यो आन्दोलनका समर्थक कञ्जुस भएर जीवन बिताउँछन् र धेरैभन्दा धेरै पैसा जोगाउने कोसिस गर्छन् ता कि उनीहरु चाँडै नै अवकाश लिन योग्य बनून् । बचत बढाउनका लागि यी व्यक्तिले आफ्नो बेडरुमसमेत भाडामा दिएका छन् । उनी विगत एक वर्षदेखि बैठक कोठामा सुतिरहेका छन् । क्योरलोप चार कोठा भएको घरबाट तीन हजार एकसय डलर भाडा लिन्छन् । घर खरिद गर्नका लागि उनले जुन ऋण लिएका थिए त्यसको दुई हजार डलर ब्याज दिन्छन् ।भान्छामा पनि उनी आफैं काम गर्छन् । दैनिकको खर्चमा पनि बचतको तरिका खोज्नु महत्वपूर्ण हुन्छ ।
‘तपाईंको तलब बढ्छ । बोनस पाउनुहुनेछ । तपाईं बाहिर जानुहुन्छ र त्यो पैसा खर्च गर्नुहुन्छ । तपाईं आफ्नो जीवनशैलीलाई माथि उठाउनुहुन्छ । म यस्तो कुरा गर्ने कोसिस नै गर्दिनँ ।’