Logo

क्वारेन्टाइनबाट बच्न ज्वरो आएकी महिला हाम्फालेर भागिन् बसको झ्यालबाटै !



Spread the love

एजेन्सी । चीनमा ज्वरो आएकी एक महिला क्वारेन्टाइनबाट बच्नका लागि बसबाट हाम्फालेर भागेकी छन् । ती महिलालाई स्वास्थ्य अधिकारीहरूले समातेका छन् ।

उनि चिनियाँ नागरिक हुन् र उनी अध्ययनका लागि जर्मनी गएकी थिइन् । त्यहाँ कोरोना भाइरसले महामारीको रुप लिन थाले पछि संक्रमण बढ्ने डरले उनी घर फर्केकी थिइन् । सामाजिक सञ्जालमा आएको भिडियोमा ती महिला बसको झ्यालबाट हाम्फालेको देखिन्छ । बसले विमानस्थलबाट यात्रुहरूलाई आईसोलेसन केन्द्रतिर लगिरहेको थियो ।

चीनमा कोरोनाभाइरस घटेपछि अनि युरोपमा चाहिँ बढेपछि विदेश पढ्न गएका चिनियाँ विद्यार्थीहरू घर फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्