Logo

खबरै नगरी विदेशबाट गाउँ फर्कनेको जानकारी दिनेलाई पाँच हजार पुरस्कार !



Spread the love

१८ चैत, सोलुखुम्बु। विदेशबाट आएका पाँच जनामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि स्थानीय सरकारले कडाइ गरेका छन्। हालसालै विदेशबाट आएकाहरू निगरानीमा छन्।

विदेशबाट आएर विनाजानकारी घरमै बसिराख्नेको संख्या बढी भएकोले सोलुखुम्बुस्थित थुलुङ दूधकोशी गाउँपालिकाले नयाँ उपाय अप्नाउन थालेको छ।

विदेशबाट आएर घरमै बस्नेहरूको जानकारी गाउँपालिकामा दिनेलाई पाँच हजार रूपैंयाँ पुरस्कार दिने निर्णय गरेको छ । गाउँपालिकाले आफ्ना कर्मचारी परिचालन गरेर विवरण संकलन गर्दैछ। तर विदेशबाट आएकाहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले गत साता बैठक गरेर पुरस्कार दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्