कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ ।
कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् ।
युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन् ।
कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र भिसा नवीकरण गरेको छैन ।
पीडितहरुले तलवसहित स्वदेश पठाईदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका खबर आजको कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्