Logo

लकडाउनमा बाख्रा चराउन पनि रोक !



Spread the love

एजेन्सी । बाख्रा डोहो-याएर लकडाउन तोड्न खोज्नेहरुलाई क्याटलान प्रहरीले कडा जरिवाना हुन सक्ने बताएको छ । बिहीबार क्याटलान पुलिसले बाख्रा चराइरहेका एक मानिसको फोटोसहित यस्तो सन्देश जारी गरेको हो ।

कोरोना भाइरसको बिगबिगीपछि स्पेनमा सरकारले गरेको लकडाउन उल्लंघन गर्न खोज्ने धेरैलाई प्रहरीले जरिवाना गराइसकेको छ । ‘सुगा, बाख्रा लिएर सडकमा आउन र नियम उल्लंघन गर्न नै पाइनेछ,’ क्याटलान प्रहरीले जारी गरेको सन्देशमा भनिएको छ ।

लकडाउनबाट आजित भएको स्पेनमा केही मानिस आफ्ना घरेलु जनावर लिएर बाहिर निस्कने गरेको खबर आइरहेका छन्, केहीले कुकुर लिएर निस्किएका छन् र प्रहरीले सोधीखोजी गर्दा उनीहरुले भागेका कारण खोज्न निस्किएको भनेर जवाफ दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्