Logo

लक डाउनको प्रभाब – किन एक्लै बस्न सक्दैन मान्छे?



Spread the love

एजेन्सी । मनुष्य एकान्तमा बस्दा छटपटिन्छ। कुरा गर्नका लागि उसलाई साथी चाहिन्छ र समय बिताउनका लागि केही न केही गर्नैपर्छ। सम्झनुस् त, कोही भेट हुँदा हामी कति गफिन्छौं? अनि फुर्सद भएका बखत कति छटपटिन्छौं?

किन एक्लै बस्न सक्दैन मान्छे? मनोविज्ञान भन्छ, मान्छेको मनमा ६० देखि ८० हजारसम्म विचारहरूको उदय हुन्छ एक दिनमा। यसको अर्थ हो, एक मिनेटमा सरदर ४० देखि ५५ वटासम्म विचारहरू मनमा आउँदै बिलाउँदै गर्छन्। जब हामी एकान्तमा बिनाकामको हुन्छौं तब आफैंसँग जम्काभेट हुन्छ।

आफ्नै मन र यसका भावदशालाई हामी देख्न पुग्छौं। पाण्डोराको बाकसजस्तो यो मनबाट निस्केका अनेकन विचारहरूले हामीलाई अत्याउँछन्। त्यसै हुनाले हामी एकान्तमा चुपचाप बस्न सक्दैनौं। विचारहरूको यो निस्सासिँदो छालबाट बच्नका लागि हामी निरन्तर कसै न कसैको साथ खोजिरहन्छौं। केही न केही गरिरहन्छौं तर जति नै छिटो दैडिए पनि तपाईं आफूभन्दा पर पुग्न सक्नुहुन्न। त्यसैले, भाग्ने जति प्रयास गरे पनि मानिसलाई आफ्नो अस्तित्वले र मनको ढाँचाले बोध गराउने वास्तविकताले पच्छ्याइरहन्छ।

अन्तत: बिस्तारै यसलाई पन्छाउन नसक्नाको दु:खले हामीलाई पिरोल्दै लग्छ र विसादले अँगालो हाल्न आइपुग्छ।

प्रतिक्रिया दिनुहोस्