Logo

पाँच मिनेटमै पत्ता लाग्नेछ अब कोरोना संक्रमण



Spread the love

१६ चैत, एजेन्सी – सारा विश्व नै कोरोनासँग जुधिरहेको अवस्थामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउने अत्याधुनिक मेशीनको विकास भएको छ । भर्खरै विकसित यो मेशिनले क्षण भरमै कोरोना संक्रमण भए नभएको नतिजा दिन्छ ।

यस मेशिनको विकास भने अमेरीकामा भएको हो । अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले यस मेशसनलाई आगामी दिनमा पनि अन्य भाइरस पत्ता लगाउन महत्वपूर्ण हुने भन्दै अनुमति दिइसकेको छ ।

अमेरीकी कम्पनी एबोटले यो प्रविधि विकास गरेको हो । यस प्रविधिले ५ मिनेटमा नै संक्रमणबारे नतिजा दिन सक्ने बताइएको छ ।

यस मेशिनले कोरोना परीक्षण गर्दा ल्याब टेष्ट पनि गर्नु नपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्