२४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक हात पारेका छन् । योसँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।
नेपालका लागि बक्सिङ्ग विधातर्फ सनिल शाहीले ५२ किलो तौल समूहमा स्वर्ण जितेका हुन् । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उनि भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भए ।
प्रतिक्रिया दिनुहोस्