Logo

मधुवन आध्यामिक केन्द्र उद्घाटन



Spread the love

२१ मंसिर, घोराही – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र घोराहीको आज उद्घाटन गरेका छन् । भवनको वैदिक विधिविधानअनुरूप भूमि पूजन, स्वर्गद्वारीका वटुकद्वारा स्वस्ति शान्ति वाचन गरी शिलान्यास गरिएको हो ।

शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ब्रह्मकुमारी विश्वविद्यालयले आध्यामिक शिक्षालाई महत्व दिएर व्यक्तिको सत्चरित्र निर्माणमा भूमिका खेलेको बताए । उनले विश्वविद्यालयको संरचना निर्माणका लागि प्रदेश सरकारका तर्फबाट सहयोग गरिन आश्वासनसमेत दिए । उनले राज्यको सम्पत्ति सार्वजनिक ठाउँमै बढी लगाउने सरकारको तयारी रहेको जानकारीसमेत दिए ।

ब्रह्माकुमारीज राप्तीक्षेत्रका क्षेत्रीय प्रमुख एवं मूल समारोह समितिका संयोजक राजयोगिनी गीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ब्रह्माकुमारीज नेपालका विभिन्न जिल्ला र भारतबाट समेत सहभागि आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्