Logo

पन्ध्र किलो चाँदीसहित एक युवक पक्राउ



Spread the love

१७ असोज, काठमाडौँ l काठमाडौँबाट प्रहरीले १५ किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका ३२ वर्षीय राज सापकोटा रहेका छन् l

उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले बिहीबार राति १५ किलो चाँदीसहित पक्राउ गरेको हो । ललितपुरको इमाडोलमा तिलहरी ज्वेलर्स सञ्चालन गर्दै आएका सापकोटाको साथबाट १० लाख ५० हजार रुपैयाँ बराबरको चाँदी बरामद गरेको र उक्त घटनाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्