Logo

क्रोएसियाका फरवार्ड इभान बायर्नमा अनुबन्धित



Spread the love

२९ साउन, काठमाडौं । क्रोएसियाका फरवार्ड इभान पेरिसिचलाई जर्मन च्याम्पियन बायर्न म्युनिखले इन्टर मिलानबाट लोनमा अनुबन्ध गरेको छ । उनलाई बायर्नले पहिलो सिजन लोन र अर्को सिजन खरिद गर्ने विकल्प सहित अनुबन्ध गरेको हो ।

३० वर्षीय फरवार्डले बोरुसिया डर्टमुन्ड र भिएफएल वलफ्सबर्गबाट सन् २०११ र २०१५ को बिचमा खेलेका थिए । उनले आर्जेन रोबेन र फ्रान्क रिबेरीको प्रस्थानपश्चात बायर्नको विंगमा अनुभव थप्नेछन् । कोमन पछिल्लो समय चोटले ग्रस्त रहेका हुनाले पनि पेरिसिचको भूमिका महत्वपूर्ण रहनेछ ।

बायर्नका खेलकुद निर्देशक हसन सलिहमिदिजले पेरिसिचको अनुभवले टोलीलाई निकै फाइदा पुग्ने बताए । सिजनको पहिलो खेलमा भने बायर्नले सुखद सुरुवात गर्न सकेन । जर्मन सुपर कपमा डर्टमुन्डसँग पराजय व्यहोरेको बायर्नले लिगको पहिलो खेलमा शुक्रबार हर्था बर्लिनसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्