Logo

नेयमारविनै फ्रेन्च लिग वानमा पीएसजीको सानदार जित



Spread the love

२७ साउन, काठमाडौं । नेयमारविनै पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ । फ्रेन्च लिग वानको पहिलो खेलमा साविकको विजेतासमेत रहेको पीएसजीले निम्सलाई ३–० ले हराएको हो ।

आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले गोल गरे । २४औ मिनेटमा काभनीको पेनाल्टी गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लियो । ५६औं मिनेटमा एम्बाप्पेले गोलगदै टोलीको अग्रता दोब्बर बनाए ।

६९औँ मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । टोलीका स्टार स्ट्राईकर नेइमारविनै खेलेको पीएसजीले सानदार प्रदर्शन गरेको थियो ।

यो खेलमा पीएसजीका निर्देशक लियोनार्डाेले नेयमारलाई नखेलाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्