Logo

नेपालगञ्जमा छात्राहरू मात्रै अध्ययन गर्ने विद्यालय सञ्चालन



Spread the love

२२ साउन, नेपालगञ्ज l नेपालगञ्जमा यसै वर्षदेखि छात्राहरू मात्र अध्ययन गर्ने अर्को विद्यालय सञ्चालनमा ल्याइएको छ ।

छात्रछात्रा दुवै अध्ययन गर्न पाउने नेपालगञ्जको सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यसै वर्षदेखि छात्रा मात्र पढ्न पाउने व्यवस्था गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार नेपालगञ्जका अधिकांश मधेसी र मुस्लिम समुदाय छोरीलाई छात्रा विद्यालयमा मात्र पढाउन चाहने भएकाले प्राथमिक तहको छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो l

नेपालगञ्जमै अर्को छात्राहरू मात्र पढ्ने सरस्वती विद्यालय पनि सञ्चालनमा छ । विगतमा मधेसी समुदायको मात्र बसोबास रहेको यहाँका अभिभावकले छोरालाई मात्रै विद्यालय पठाउँथे ।

तर बिस्तारै अभिभावकमा छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना जाग्न थालेकाले समुदायका अगुवाहरू मिलेर ७७ वर्षअघि सो विद्यालयको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्