५ जेठ, काठमाडाैँ – म्यानचेस्टर युनाईटेडका पूर्व प्रशिक्षक जोसे माउरिन्हो प्रशिक्षणमा फर्कने भएका छन् ।
युनाईटेडबाट बर्खास्तमा परेपछि क्लबविहीन रहेका माउरिन्हो जुलाईबाट प्रशिक्षणमा फर्कने भएका हुन् । माउरिन्हो आफु जुलाईबाट प्रशिक्षकमा फर्कने बताएका छन् ।
‘मसँग धेरै राम्रो गुणहरु छन् । जसलाई अन्य क्लब र व्यवस्थापनले सम्मान गर्नुपर्छ ।’ माउरिन्होले फ्रान्सको रेडियो आरएमसीसँग भने, ‘यो क्लबले मलाई चाहन्छ, तिनीहरुले मलाई सम्पर्क गरे । म त्यो बताउन चाहन्न ।’
क्लबविहीन बनेपछि उनी विभिन्न फुटबल लिगको कमेन्ट्री गरिरहेका छन् । खराब लय कायम राखेपछि युनाईटेडले डिसेम्बरमा उनलाई बर्खास्त गरेको थियो ।
‘जब मैले डिसेम्बरमायुनाइटेड छोडे । मैले तुरुन्तै निर्णय लिए म आउने समरमा काम गर्ने छु । मलाई आशा छ जुलाईमा फर्किएर त्यो परियोजनामा काम गर्छु ।’ माउरिन्होले भने ।