१४ असोज, कोलोम्बो – मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।
मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो ।
८० बर्षीय गयूम र उनका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले आदेश दिएको हो । उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यस उपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको हो ।
हालै भएको निर्वाचनमा ५८.४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम मोहमद सोलिहले वर्तमान् राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको उक्त निर्णय आएको हो ।
प्रतिक्रिया दिनुहोस्