असोज १० खलङ्गा, जुम्ला – अविरल वर्षापछि आएको पहिरोका कारण पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ । उर्थु– लासी सडकखण्ड तीन महीनादेखि ठप्प भयको छ । उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको करण सो सडकखण्डमा यातायात सेवा ठप्प भयको छ । लामो समयदेखि सडक बन्द सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । सडक बनाउन कुनै पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भन्नुभयो । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आयको र दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ । बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताए ।
प्रतिक्रिया दिनुहोस्