बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् नेपाल आएका थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चाले नेपाललाई १५ लाख अमेरिकी डलर(करिब १६ करोड ९५ लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण सहयोग गरेका छन् ।
साथै उनले द्विपक्षीय भेटवार्ता समेत गरेका छन् । सोल्टी होटलमा थाई प्रधानमन्त्री चानसहितको टोलीले संयुक्त रुपमा सोल्टी होटलमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटमा उनले नमुना औषधी तथा उपकरण प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
थाइल्यान्डले दिने औषधी तथा उपकरण भने केही समयपछि नेपाल आइपुग्नेछ।
प्रतिक्रिया दिनुहोस्