Logo

पर्यटनमन्त्री योगेशको कोरोना रिपोर्ट आयो !



Spread the love

२४ असोज, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनको कोरोना रिपोर्ट शनिबार पोजेटेभ आएको हो । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् ।

उनले बताए अनुसार उनमा सामान्य ज्वरो आएको छ ।

गत सोमबार कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा उनी काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्