Logo

कोरोनाका बिरामीलाई दैनिक १६ घण्टासम्म घोप्टो परेर सुत्न पर्ने डब्ल्यूएचओको सुझाव



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरानाका बिरामीलाई कैयौँ दैनिके १२ देखि १६ घण्टासम्म घोप्टो परेर सुत्न सुझाव दिएको छ।अमेरिकन र्थोयासिक सोसाइटीले चीनको वुहानमा कोरोनाका बिरामीमा गरेको अध्ययन घोप्टो पारेर गरिएको उपचार विधि प्रभावकारी देखिएको रिपोर्ट सार्वजनिक गरेको केही दिन पछि संगठनले त्यस्तो सुझाव दिएको हो ।

nama

साथै उस्ले अस्पतालहरुलाई पनि यो विधि अपनाउन आव्हान गरेको छ । खासगरि स्वास प्रश्वांसका विरामीहरुको लागि यो विधि अति नै उपयोगी भएको संगठनको दावि छ ।

कोरोना भएका कैयौँ बिरामीहरूको फोक्सोमा पर्याप्त अक्सिजन पुगेको हुँदैन र त्यसले हानि पुग्छ,’ अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका सहायक प्राध्यापक एवं श्वासप्रश्वास रोगका विज्ञ डा. प्यानागिस गालियात्सातोसले बताए ।

‘उनीहरूलाई अक्सिजन दिएर मात्र कहिलेकाहीँ पुग्दैन। त्यस्तो बेला हामी उनीहरूलाई घोप्टो पार्छौँ, ताकि फोक्सो फैलिन पाउँछ ।’ उनी भन्छन् । डा. गालियात्सातोसका अनुसार फोक्सोको सबभन्दा गह्रुङ्गो भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ ।

व्यापक उपयोग

प्राध्यापक गाट्टिनोनीले बीबीसीलाई बताएअनुसार सुरुसुरुमा यो विधिबारे निकै आपत्ति जनाइएको थियो ।‘तर अचेल यो व्यापक प्रयोग हुन्छ’ उनले भने।फोक्सोमा धेरै अक्सिजन पुग्नु मात्र यसको फाइदा नभएको उनले बताए । ‘बिरामीहरूलाई घोप्टो पार्दा,फोक्सोमा पर्ने चाप सबै भागमा बराबर फैलिन्छ’ प्राध्यापक गाट्टिनोनीले बताए।

‘भेन्टिलेटरको मेकानिकल ऊर्जा फोक्सोमा पठाइएको दृश्य एक पटक कल्पना गर्नुहोस्, त्यो भनेको लगातार मुक्का प्रहार गरिएको जस्तै हो । यदि त्यो शक्ति बराबर रूपमा फोक्सोको सबै भागमा फैलियो भने त्यसले र्पुयाउने हानि पनि कम हुन्छ ।’

‘फ्रान्समा सन् २००० मा गरिएको एक अध्ययनमा घोप्टो पारिएका बिरामीहरूमा राम्ररी अक्सिजन प्रवाह भएको र उनीहरूको बाँच्ने सम्भावना बढेको देखिएको थियो ।’

मुख्य कुरा यो एउटा यस्तो विधि हो जसले हालसम्म कुनै उपचार नभएको रोगसँग लड्न एउटा उपाय दिन्छ । ‘अहिलेको लागि हामीले यस्ता विधिको प्रयोग गर्नु उचित नै हुन्छ,’ डा. गालियात्सातोसले बताए ।

जोखिमपूर्ण विधि
हेर्दा सामान्य लागेपनि घोप्टो पार्ने विधि जोखिमपूर्ण मानिन्छ । बिरामीलाई त्यसरी मिलाएर घोप्टो पार्न समय र प्रशिक्षित विज्ञ आवश्यक हुन्छ ।
‘यो सजिलो छैन । प्रभावकारी रूपमा गर्न चारदेखि पाँच जना आवश्यक पर्छ,’ डा. गालियात्सातोसले भने।

स्वास्थ्यकर्मीको अभाव भएको र ठूलो संख्यामा कोरोना का बिरामी ओइरिएका अस्पतालहरूमा यो विधिको उपयोग गर्न चुनौतीपूर्ण हुन्छ । डा. गालियात्सातोसका अनुसार जोन्स हप्किन्स अस्पतालले घोप्टो पार्न एउटा टोली नै खटाएको छ ।

‘त्यसैले यदि कोही कोभिड १९ का बिरामी सघन उपचार कक्षमा छन् जहाँका स्वास्थ्यकर्मीमा यो अनुभव छैन उनीहरूले हाम्रा विज्ञ टोलीलाई बोलाउन सक्छन् ।’ अस्पतालले भनेको छ । बिरामीलाई घोप्टो पार्दा अन्य जटिलता पनि उत्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्